ट्रेन्डिङ

भूमि विद्येयकको विरुद्धमा जसपा नेपालको वीरगन्जमा प्रदर्शन

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले भूमि विधेयकको विरोधमा प्रदर्शन गरेको छ।

पार्टीको जिल्ला कमिटीले आयोजना गरेको उक्त बृहत प्रदर्शनमा विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गरिएको छ।

पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा भएको र्यालीसहितको प्रदर्शनमा नेताहरू शशी कपुर मियाँ, सिंहासन साह कलवार, करिमा बेगम लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । जसपा नेपालले यो विधेयकले मधेश प्रदेशको अधिकार कटौती गर्ने, भूमिहीन तथा सुकुम्बासीहरूलाई थप समस्यामा पार्ने र मधेशको राजनीतिक मुद्दालाई बेवास्ता गरेको आरोप लगाएको छ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘राष्ट्रियघाती भूमि विधेयक खारेज गर’ र ‘सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए। उनीहरूले तत्काल विधेयक फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै