ट्रेन्डिङ

रुपन्देही-३ को उपनिर्वाचन : नेकपा एसबाट भुसालसहित ७ जनाको नाम सिफारिस

वीरगन्ज । आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी)ले महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ।

पार्टीको जिल्ला कमिटी रुपन्देहीको बैठकले उम्मेदवारका लागि भुसालको नामसहित लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हिराध्वज शाह, प्रदेश सदस्यहरू आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही १ का सहइन्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरेको हो।

सिफारिस गरिएका नामहरूलाई पार्टीको प्रदेश कमिटीले पनि अनुमोदन गरी केन्द्रीय कमिटीमा पठाएको छ।

रुपन्देही–३ महासचिव भुसालको पुरानो निर्वाचन क्षेत्र हो। यसअघि उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए। २०७९ को आम निर्वाचनमा एमालेले यहाँ राप्रपालाई समर्थन दिएपछि भुसालले पार्टी छोडेर माओवादीको चुनाव चिह्नबाट रुपन्देही–१ मा चुनाव लडेका थिए, तर उनी पराजित भएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै