ट्रेन्डिङ

एकैपटक ३ हजारले उकालो, सुनको मूल्यले नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि आकाशिएको छ ।

आइतबार मात्र छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६०० रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भएको सुन आइतबार अचानक उकालो लागेको हो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेसँगै उपभोक्तामा निराशा छाएको छ भने व्यवसायीहरू भने अन्तर्राष्ट्रिय बजार र मुद्रा विनिमय दरका कारण मूल्य बढ्नु स्वाभाविक भएको तर्क गर्छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै