जनकपुर । मधेस राजधानी जनकपुरमा दुइ समुदायबिच झडप हुँदा प्रहरीले टियर ग्यास प्रहार गरेको छ ।
प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
मूर्ति सेलाउने क्रममा उत्पन्न दुइ समुदायबिचको विवादलाई नियन्त्रणमा लिनका लागि प्रहरीले चार राउण्ड टियर ग्यास प्रहार गरेको हो ।
जनकपुर उपमहानगरपालिकाको वडा नम्बर– २० देवपुरा रुपैठामा आज दुइ समुदायबिच विवाद उत्पन्न भएको थियो ।
उक्त विवाद नियन्त्रणमा लिनका लागि चार राउण्ड अश्रुग्यास प्रहार गरिएको धनुषा प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए ।
उनका अनुसार अहिले अवस्था प्रहरी नियन्त्रणमा रहेको छ । यद्यपी, विवाद भने नसुल्झिएको धनुषा प्रहरीले जनाएको छ ।