गृहमन्त्री लेखक शनिबारदेखि सोमबारसम्म किन बस्दैछन वीरगन्जमा ?

वीरगन्ज । गृहमन्त्री रमेश लेखक विभिन्न कार्यक्रममा सरिक हुनका लागि आज वीरगन्ज आउँदैछन् ।

काठमाडौंबाट साँझको हवाइजहाजले उनी सिमरा आउने कार्यतालिका छ । जिल्लाको विभिन्न कार्यक्रममा भाग लिनका लागि उनी शनिबार साँझ वीरगन्ज आउन लागेका हुन ।

पर्साका कांग्रेसका अनुसार गहृमन्त्री लेखकको वीरगन्जमा तीन दिन बस्ने कार्यतालिका छ ।

नारायणी अस्पतालको निरीक्षण, कर्मचारी ब्रिफिङ, कार्यकर्ता भेटघाट, उद्योगा वाणिज्यका प्रतिनिधिहरुसंगको भेटघाटको कार्यक्रम रहेको नेपाली कांग्रेस पर्साले जानकारी दिएको छ ।

सोमबार पत्रकारहरुसंग भेटघाट गरेर गृहमन्त्री फर्किने कार्यक्रम तय भएको जनाइएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै