ट्रेन्डिङ

उखु किसानको माग बेवास्ता गर्दै सरकार, अनुदान कटौतीको निर्णय कार्यान्वयनमा जोड

वीरगन्ज । उखु किसानको आन्दोलनलाई बेवास्ता गर्दै सरकारले प्रतिक्विन्टल ७० रुपैयाँको अनुदान आधा घटाएर ३५ रुपैयाँ मात्र दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। यसले किसानहरूमा थप आक्रोश बढेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार नै अनुदान वितरण प्रक्रिया अघि बढाएको स्पष्ट पारेको छ। मन्त्रालयकी प्रवक्ता जानुका पण्डितका अनुसार, असार २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले ३५ रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो। आर्थिक वर्षको अन्त्यका कारण रोकिएको यो प्रक्रिया अहिले पुनः सुरु गरिएको मन्त्रालयले जनाएको छ।

किसानहरूले भने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पाउनुपर्ने माग गर्दै आइतबारदेखि राजधानीको माइतीघरमा आन्दोलन गरिरहेका छन्। उनीहरूले सरकारको अनुदान कटौतीको निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। मन्त्रालयले ७० रुपैयाँ अनुदान दिने निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्लाई मात्र भएको भन्दै आफ्नो हातमा केही नरहेको बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै