ट्रेन्डिङ

पर्सामा १४ लाख बढी हुण्डी रकमसहित दुई जना पक्राउ

वीरगन्ज ।  पर्सा प्रहरीले १४ लाखभन्दा बढी हुण्डी रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका–२ इदगाहचोकबाट वीरगन्जका संजयकुमार साह र बाराका शनिकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा गरिएको जाँचमा उनीहरूको मोटरसाइकलको फल्स सिलिङबाट  १४ लाख १३ हजार ५ सय नगद फेला परेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए।

बरामद रकममध्ये १० लाख रुपैयाँ हजार दरका नोट र ४ लाख १३ हजार रुपैयाँ पाँच सय दरका नोट रहेको प्रहरीले जनाएको छ। उनीहरूले रकमको स्रोत खुलाउन नसकेको पनि प्रहरीको भनाइ छ।

साह र ठाकुरसँगै प्रयोग गरिएका दुईवटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै