ट्रेन्डिङ

वीरगन्ज महानगरमा सम्पदा संरक्षण समिति गठन, धार्मिक स्थल अब अनिवार्य सूचिकृत हुने

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रका मठ, मन्दिर, मस्जिद र चैत्यहरूको संरक्षण र व्यवस्थापनका लागि विशेष सम्पदा व्यवस्थापन समिति गठन गरेको छ।

अब सबै धार्मिक स्थलहरूलाई अनिवार्य रूपमा अभिलेखिकरण गरी सूचीकृत गरिने भएको छ।

महानगरले धार्मिक र पुरातात्विक महत्त्वका सम्पदाहरूको दिगो संरक्षणका लागि सम्पदा व्यवस्थापन सम्बन्धी ऐन नै ल्याएको छ। यसअनुसार, महानगरका ३२ वटै वडामा रहेका सम्पूर्ण धार्मिक स्थलहरूको तथ्यांक संकलन गरिनेछ। यस कार्यबाट सम्पदाको संरक्षण र व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन सहज हुने महानगरपालिकाले जनाएको छ।

महानगर प्रमुख राजेशमान सिंहको संयोजकत्वमा गठित समितिले धार्मिक स्थलहरूलाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्य राखेको छ। सिंहका अनुसार, हाल व्यक्तिगत स्वार्थमा सञ्चालित कतिपय धार्मिक संस्थाहरूलाई अब नियमन गरिनेछ। भक्तजनले चढाएको दान–चन्दा दुरुपयोग हुन नदिन कडाइका साथ निगरानी गरिने उनले बताए।

समितिले अब प्रत्येक वडामा रहेको सम्पदाको लगत संकलन गरी सूची सार्वजनिक गर्ने र सोही आधारमा संरक्षणका कार्यक्रमहरू अघि बढाउने योजना बनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै