कलैया । कलैया उपमहानगरपालिकाले कलैयाको घण्टाघर नजिकै सुविधासम्पन्न नयाँ सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ।
लामो समयदेखि जीर्ण अवस्थामा रहेको पुरानो शौचालयलाई हटाएर नयाँ निर्माण गरिएको हो।
पुरानो शौचालयको अवस्थाबारे सामाजिक अभियन्ता आशिका तामाङले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएपछि यसको निर्माणले तीव्रता पाएको थियो। उपमहानगरपालिकाले छोटो समयमै नयाँ शौचालय तयार गरी आजदेखि सर्वसाधारणका लागि खुला गरेको हो।
कलैयाका मेयर विनोद साहले पुरानो शौचालयलाई भत्काएर त्यस ठाउँमा घण्टाघरसहित आकर्षक पार्क निर्माण गरिने जानकारी दिए। यो कदमले कलैया बजारको सौन्दर्य बढाउनुका साथै सरसफाइमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।