ट्रेन्डिङ

गौर हत्याकाण्डबारे सर्वोच्चको परमादेशपछि जसपा नेपालको कानुनविद्‌सँग छलफल

वीरगन्ज । सर्वोच्च अदालतले रौतहटको बहुचर्चित गौर हत्याकाण्डको पुनः अनुसन्धान गर्न परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले कानुनविद्‌हरूसँग छलफल गरेको छ।

सर्वोच्चले पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका व्यक्तिविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।

छलफलमा सहभागी कानुनविद्‌हरूले यो मुद्दा गम्भीर भएकाले पार्टीले पनि यसलाई गम्भीर रूपमा लिनुपर्ने सुझाव दिएका छन्। यद्यपि, कतिपयले विगतमा विभिन्न सरकारी र गैरसरकारी निकायहरूले समेत अनुसन्धान गरिसकेको भन्दै थप अनुसन्धान आवश्यक नहुने राय व्यक्त गरेका छन्।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चको निर्णयको सम्मान गर्ने बताउँदै परमादेशको पूर्णपाठको प्रतीक्षामा रहेको बताएका छन्। उनले पूर्णपाठ अध्ययनपछि मात्र पार्टीले कसरी अगाडि बढ्ने भन्ने निर्णय लिने स्पष्ट पारे।

२०६३ साल चैत ७ गते गौरको राइस मिलमा तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो। पीडितहरूले अनुसन्धानको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि यो आदेश आएको हो। यसैबीच, सर्वोच्चको आदेशपछि गृहमन्त्री रमेश लेखकले पनि सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै