ट्रेन्डिङ

रुपन्देही उपनिर्वाचन : नाउपालाई झट्का, २६ दल चुनावी दौडमा (सूचीसहित)

वीरगन्ज । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा भाग लिन खोजेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) अयोग्य ठहरिएको छ।

निर्वाचन आयोगले दल दर्ताका लागि पेश गरिएका कागजातहरू अपुग भएको भन्दै नाउपालाई चुनावी दौडबाट बाहिर राखेको हो।

यससँगै अब यो उपनिर्वाचनमा २६ वटा राजनीतिक दलले मात्र प्रतिस्पर्धा गर्न पाउने भएका छन्। २७ दलले निवेदन दिएकोमा नाउपाले केन्द्रीय समितिको निर्णय लगायतका विवरण पेश नगरेकाले अयोग्य ठहरिएको आयोगका प्रवक्ता नीता पोखरेलले बताइन्।

नाउपाको आन्तरिक विवादका कारण दुई पक्षले फरक–फरक निवेदन दिएका थिए। संरक्षक रेशमलाल चौधरीको पक्षबाट रामलाल डगौराले साउन २३ गते र अध्यक्ष रञ्जिता श्रेष्ठले साउन २७ गते दल दर्ताको निवेदन पेश गरेकी थिइन्।

आयोगको निर्णयअनुसार, संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार रीत पुगेका २६ दललाई मात्र दर्ता गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै