ट्रेन्डिङ

वीरगन्ज महानगरपालिकाले छात्रवृत्ति परीक्षाको विस्तृत सूचना सार्वजनिक

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ९ र ११ मा छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न लिइने लिखित परीक्षाको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार, छात्रवृत्तिका लागि अनलाइन फारम भरेका सम्पूर्ण विद्यार्थीहरूको परीक्षा मिति, समय र प्रवेश पत्रको व्यवस्था गरिएको छ।

परीक्षा आगामी २०८२ भाद्र ६ गते बिहान ७ः३० बजे देखि सुरु हुनेछ। विद्यार्थीहरूले आफ्नो प्रवेश पत्र २०८२ साउन ३२ गते बिहान १० बजेदेखि प्रिन्ट गर्न सक्नेछन्। प्रवेश पत्रमा नै परीक्षा केन्द्रको विस्तृत जानकारी उल्लेख हुनेछ।

प्रवेश पत्र प्रिन्ट गर्नका लागि, विद्यार्थीले महानगरपालिकाको आधिकारिक वेबसाइट scholarship.birgunjmun.gov.np मा गएर आफ्नो कक्षा छनोट गर्नुपर्नेछ। त्यसपछि फारम भर्ने बेला प्राप्त भएको सिम्बोल नम्बर र पासवर्ड राखेर आफ्नो प्रवेश पत्र निकाल्न सकिनेछ। परीक्षामा प्रवेश पत्रबिना कुनै पनि विद्यार्थीलाई सहभागी हुन दिइने छैन। यसले सबै विद्यार्थीहरूलाई समयमै प्रवेश पत्र डाउनलोड गरी सुरक्षित राख्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै