ट्रेन्डिङ

रवि लामिछानेको कोठामा आधारभूत सुविधाको अभाव : आयोग

वीरगन्ज । राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देही कारागारको अनुगमनपछि जेलभित्रको अवस्था निकै दयनीय रहेको औँल्याएको छ।

आयोगको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको कोठामा एसी नभएको र सामान्य हावा समेत छिर्न नपाएको अवस्था रहेको स्पष्ट पारेको छ।

आयोगकी प्रवक्ता लिली थापाका अनुसार, कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ। शौचालयको संख्या अपर्याप्त हुनुका साथै भएका शौचालयहरूको अवस्था पनि निकै नाजुक छ।

थापाले रवि लामिछानेलाई राखिएको ब्लकभित्रको अवस्थाबारे थप जानकारी दिँदै भनिन्, ‘झ्यालहरू प्लाई उडले टालेर बन्द गरिएकोले राम्रोसँग हावा पास हुने अवस्था छैन।’ यद्यपि, कोठामा एउटा सानो चाइनिज र अर्को ठूलो गरी दुईवटा पंखा भने राखिएको उनले बताइन्।

जेल प्रशासनले सुरक्षाको कारण देखाएर झ्यालहरू टालिएको बताएको थियो। तर, आयोगको टोलीले झ्याल खोल्न भनेपछि प्रशासन त्यसका लागि तयार भएको थापाले जानकारी दिइन्।

यस घटनाले कारागारमा रहेका कैदीबन्दीहरूको मानवअधिकार र आधारभूत आवश्यकतामाथि गम्भीर प्रश्न खडा गरेको छ। आयोगले यस विषयमा थप छानबिन गरी आवश्यक सुधारका लागि पहल गर्ने बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै