जनकपुरधाम ।महोत्तरीको भंगहाहुदै जनकपुरधाम आउदै गरेको नेपाल रेल्वे लिक क्रस गर्ने क्रममा कार ठोकिएको छ ।
आज बिहान जनकपुरधामस्थित थापाचोकमा रेल्वे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएहो हो ।
बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि गुडिरहेको रेलसँग ठोक्किएको प्रत्यक्षदर्शीहरु बताउछन् ।
दुर्घटनामा कारमा क्षति भए पनि मानवीय क्षति भने नभएको धनुषा प्रहरीले जनाएको छ ।