ट्रेन्डिङ

देशभर सामान्य बदली, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर सामान्यतया बदली भएको छ।
मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ र पश्चिममा नेपालको तराईको नजिक रहेकाले विभिन्न प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने थोरै स्थानमा मध्यम वर्षा समेत भएको छ।

आज दिउँसो पनि देशभर सामान्य बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमतीको पहाडी भूभाग तथा मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै