ट्रेन्डिङ

सप्तरीमा प्रहरीले ७ राउण्ड गोली चलायो, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ ।

राजगढ गाउँपालिका–२ मा मदिरा तस्करी नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको सर्च अपरेशनका क्रममा भएको झडपमा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय लालु यादव रहेको मधेस प्रदेश प्रहरीले पुष्टि गरेको छ ।

मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार नेपाल–भारत सीमा क्षेत्र हुँदै ठूलो परिमाणमा मदिरा भण्डारण तथा तस्करी भइरहेको सूचनाका आधारमा गएराति प्रहरी टोली परिचालन गरिएको थियो ।

अपरेशनका क्रममा तस्कर समूहले सुरक्षाकर्मीमाथि घेरा हाल्दै ढुंगा प्रहार गर्न थालेपछि आत्मरक्षाका लागि ७ राउण्ड गोली चलाइएको प्रहरीले जनाएको छ ।

गोली यादवको तिघ्रामा लागेको थियो । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनास्थलबाट विभिन्न ब्राण्डका ८० कार्टुन मदिरा बरामद गरेको जनाएको छ ।

प्रहरीले सीमा क्षेत्रमा मदिरा तस्करी नियन्त्रणका लागि अभियानलाई थप कडाइ गर्ने जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै