ट्रेन्डिङ

रूपन्देही–३ मा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

वीरगन्ज । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दल दर्ताको आह्वान गरेको छ।

आज एक सूचना जारी गर्दै आयोगले साउन २१ देखि २७ गतेसम्म केन्द्रीय कार्यालयमा दल दर्ता गर्न सकिने जानकारी दिएको हो। यसअघि नै उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरिसकेको आयोगले जनाए अनुसार, उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन साँझ उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ।

असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि कात्तिक १७ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। निर्वाचन आयोगले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका व्यक्तिहरू यस उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै