काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर नयाँ दर कायम गरिएको हो।
महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ मा कारोबार भइरहेको छ।
बुधवार यसको मूल्य १ लाख ९४ हजार ४०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा २ हजार ३१० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर २ हजार २७० रुपैयाँ मा झरेको महासंघले जनाएको छ।