ट्रेन्डिङ

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

वीरगन्ज । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्।

मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज भएको निर्वाचनमा बानियाँ २२ सांसदको मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी लामाले १४ मत मात्र प्राप्त गरे भने एक मत बदर भयो। बागमती प्रदेशमा नेपाली कांग्रेसका कुल ३७ सांसद छन्।

मंगलबार सम्पन्न मत विभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले हस्ताक्षर गरेपछि उनले दलको नेताका लागि आवश्यक १९ जनाको बहुमत गुमाएका थिए।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै