ट्रेन्डिङ

रानीघाट पूलबाट फाल हानेकी किशोरीको खोजी जारी, भारतसंग पनि समन्वय गरिएको पर्सा प्रहरीको भनाई

बीरगन्ज । आइतबार बिहान बीरगन्जको सिर्सिया नदीमा हाम फालेकी किशोरी फेला परेकी छैनन् । पर्सा प्रहरीका अनुसार नदीमा हाम फालेको ९ घण्टा भइसक्दा समेत किशोरी फेला नपरेकी हुन् ।

उनको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको २० जना टोली परिचालीत छ । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार किशोरीको खोजीमा २० जना प्रहरीको टोलीले बिहानैदेखि परिचालीत भएपनि उनको बारेमा केही पत्तो नलागेको हो ।

उनले भने, ‘नदीमा बाढी आएको छ । किशोरीलाई बगाएर भारततर्फ लगेको भन्ने अनुमान पनि गरेका छौ । त्यहि कारण भारतीय प्रहरीसँग पनि समन्वय गर्दै किशोरीको खोजी कार्य भइरहेको छ ।’

नेपाल–भारततर्फ बोर्डरसम्म सिर्सिया नदीमा किशोरीको खोजी कार्य तीव्र रुपले गरिरहेको उनले जानकारी दिए ।

किशोरीको अवस्थाबारे अज्ञात रहेको भन्दै प्रहरी नायब उपरीक्षक भारतीले उनी फेला परेपछि मात्र यथार्थ विवरण खुल्ने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै