ट्रेन्डिङ

सिरहाबाट स्रोत नखुलेको रकमसहित एकजना भारतीय पक्राउ

सिराहा । सिरहा सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमासहित एकजना भारतीयलाइ पक्राउ गरेको छ ।

जिल्लाको लहान–३ अस्पताल चोकबाट आज सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख एक हजार ६९५ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने राहुल कुमार रहेका छन् ।

यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार कुमारलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल सिरहाले जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै