ट्रेन्डिङ

सुक्खाले जलायो तराई, प्रदेश भौतिक मन्त्रीले देखाए दिल: विपद् कोषमा दिए तीन दिनको तलब

जनकपुर। मधेश प्रदेशको सुक्खा संकटसँग जुझिरहेका किसानप्रति ऐक्यबद्धता जनाउँदै भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवसहित मन्त्रालयका सचिव, महाशाखा प्रमुख र कर्मचारीहरूले तीन दिनको तलब विपद् तथा राहत कोषमा प्रदान गर्ने घोषणा गरेका छन्।

शुक्रबार सम्पन्न आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठीका क्रममा मन्त्री यादवले आफू र मन्त्रालयअन्तर्गतका सम्पूर्ण कर्मचारीहरूले यो निर्णय लिएको घोषणा गरेका हुन्।

गोष्ठी नेकपा (एमाले) संसदीय दलका नेता समेत रहेका मन्त्री यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

उक्त गोष्ठीमा निमित्त सचिव संजय कुमार साह, महाशाखा प्रमुख, भौतिक पूर्वाधार कार्यालय प्रमुखहरू र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

मन्त्री यादवले संकटको यस घडीमा ‘छोटो भए पनि हाम्रो सानोतिनो सहयोगले किसान र प्रभावित नागरिकलाई केही राहत पुग्ने विश्वास’ व्यक्त गरे।

साथै, उनले मातहतका सबै निकायहरूलाई आफूले गर्न सक्ने जिम्मेवारीमा सक्रिय भूमिका खेल्न निर्देशन पनि दिए।

उनको भनाइमा, “संकटकालमा नेतृत्वको दायित्व शब्दमा होइन, व्यवहारमा देखिनुपर्छ। हामी सबैको साझा उत्तरदायित्व यही हो।”

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै