ट्रेन्डिङ

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो, चाँदीमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेर १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम थियो।

मूल्यमा आएको गिरावटले सुनको कारोबारमा सामान्य चहलपहल देखिएको व्यवसायीहरू बताउँछन्।

यता, चाँदीको मूल्य भने सामान्यरूपमा बढेको छ। बिहीबार तोलामा २ हजार ३३५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ५ रुपैयाँले बढेर २ हजार ३४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

वैकल्पिक लगानीको रूपमा सुनचाँदीमा चासो बढिरहेका बेला बजार मूल्यमा आउने यस्ता दैनिक उतारचढावले उपभोक्तालाई सतर्क रहनुपर्ने व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै