ट्रेन्डिङ

आज सुनको मूल्य तोलामा २४ सयले घटयो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेर १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ।

हिजो (बुधबार) तोलाको मूल्य १ लाख ९७ हजार ६ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर २ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँ मा कारोबार भएको थियो।

हालैको केही दिनयता अन्तर्राष्ट्रिय बजारमा आएको उतार–चढावले नेपाली बजारमा समेत प्रभाव पारिरहेको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै