ट्रेन्डिङ

नेपालले पायो आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अवार्ड

वीरगन्ज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२४ को आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर अवार्ड नेपाललाई प्रदान गरेको छ।

सिंगापुरमा सम्पन्न आईसीसीको वार्षिक साधारण सभामा नेपालले यो प्रतिष्ठित अवार्ड हात पारेको हो।

आईसीसी अध्यक्ष जय शाहले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालाई संयुक्त रूपमा अवार्ड हस्तान्तरण गरे। यो अवार्ड नेपालले आईसीसी विकास श्रेणी अवार्डअन्तर्गत दोस्रोपटक प्राप्त गरेको हो।

नेपाल एसिया क्षेत्रको विजेता बन्दै ग्लोबल छनोटमा परेको थियो। ग्लोबल छनोटमा एसियाबाट नेपालसहित, अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया प्रतिस्पर्धामा थिए। यीमध्ये उत्कृष्ट डिजिटल फ्यान संलग्नताका लागि नेपालले बाजी मारेको हो। यो अवार्डले क्रिकेटको लोकप्रियता बढाउन र प्रशंसकहरूलाई डिजिटल माध्यमबाट जोड्न नेपालले गरेको प्रयासको अन्तर्राष्ट्रिय मान्यता मिलेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै