ट्रेन्डिङ

बुद्धचित्त चोरीको प्रयासमा खुकुरी प्रहार, ललितपुर प्रहरीद्वारा तीन पक्राउ

वीरगन्ज । ललितपुरको गोदावरी नगरपालिका–७ मा बुद्धचित्त चोरी गर्न पुगेको एक समूहले बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गरेको छ।

यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २५ वर्षीय बुद्ध तामाङ, र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ रहेको ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

प्रहरीका अनुसार, गएराति करिब २ बजे कृष्णबहादुर मार्फाले लगाएको बुद्धचित्त चोर्न यो समूह त्यहाँ पुगेको थियो। कुकुर भुकेपछि घर बाहिर निस्केका मार्फामाथि चोरहरूले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट उनको दाहिने हातमा चोट लागेको र पाँच वटा टाँका लगाउनुपरेको प्रहरीले बताएको छ।

बुद्धचित्तको सुरक्षाका लागि मार्फाले सीसीटीभी क्यामेरा जडान गरेका थिए। चोरहरूले सीसीटीभीको तार समेत काटेर बुद्धचित्तको दाना टिप्ने प्रयास गरेका थिए। प्रहरीले उनीहरूबाट ९९ वटा बुद्धचित्तको दाना बरामद गरेको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै