ट्रेन्डिङ

सशस्त्र प्रहरी उपरीक्षक धिमाललाई ग्रिनसिटीद्वारा बिदाई

वीरगन्ज । ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर–१०, वीरगन्जको संयुक्त आयोजनामा आज ‘फेरी भेटौँला तथा विदाई समारोह’ सम्पन्न गरिएको छ । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर वीरगन्जका कार्यालय प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई सम्मानपूर्वक बिदाई गरिएको हो ।

धिमाललाई खादा, टीका, माला, दोसल्लाका साथै शान्तिको प्रतीक मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। यस अवसरमा उनको कार्यकालमा समुदाय सुरक्षा सुदृढीकरणमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च प्रशंसा गरिएको थियो ।

ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र अदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले धिमालको कार्यशैली र समुदायप्रतिको समर्पणको खुलेर प्रशंसा गर्दै भने, ‘धिमालज्यूको कार्यकालमा समुदाय र सुरक्षाबीचको समन्वय अझ मजबुत भएको छ। उहाँको लगनशीलता र सेवा भावलाई हामी सधैं सम्झिरहनेछौं।’

अध्यक्ष जय प्रकाश खेतानको सभापतित्वमा सम्पन्न उक्त समारोहमा विभिन्न निकायका पदाधिकारी, सामुदायिक प्रहरीका पदाधिकारी, आजीवन सदस्य तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा रुङटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुङटा, सामुदायिक आँखा अस्पतालका महेश सिंह धामी, सञ्चारकर्मी अजित भुजेल, सन्तोष रन्जितकार, अभिलाष गुप्ता, सुस्मिता यादव लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष संजय शर्मा, सदस्य शुशिल कादमियाँ, प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, प्रहरी सहायक हवल्दार अजिता घिमीरे, प्रहरी जवान अमर सिंह साउदको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै