ट्रेन्डिङ

सिरहा कल्याणपुरका मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई बुधबार दिउँसो नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार, मेयर साहलाई दिउँसो पौने २ बजेतिर कार्यालयमै एक उपभोक्ता समितिबाट पूर्ण भुक्तानीका लागि एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिइएको हो। यो पक्राउले स्थानीय तहमा व्याप्त भ्रष्टाचारको अर्को उदाहरण देखाएको छ।

अख्तियारको टोलीले हाल घटनास्थलमा मुचुल्कासहित थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै