बारा । बाराको मटिअर्वा नाकामा मलखाद तस्करी नियन्त्रण गर्न खोज्दा केही व्यक्तिले टायर बालेर प्रदर्शन गरेका छन्।
बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म नाकामै टायर बालेर गरिएको प्रदर्शनले केहीबेर क्षेत्र तनावग्रस्त बनेको थियो।
प्रहरीका अनुसार भारतबाट किसानको नाममा आएको भन्दै मल तस्करी गरिँदै थियो।
जब तस्करी नियन्त्रणमा कडाइ गरियो, त्यसपछि केही स्थानीयले विरोधस्वरूप सडकमा टायर बाल्दै प्रदर्शन गरे।
बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार किसानको नाममा भन्सार जाँच नपु¥याई मल भित्र्याउने प्रयास भइरहेको थियो।
“कडाइ गर्दा केही व्यक्तिले अनावश्यक रूपमै विवाद सिर्जना गरे, तर अहिले स्थिति नियन्त्रणमा छ,” उनले बताए।
प्रदर्शनपछि भएको छलफलमा किसानको वास्तविक रेकर्ड राखी मात्रै मल ल्याउने सहमति भएपछि विवाद सुल्झिएको प्रहरीले जनाएको छ ।
यद्धपी, प्रहरीले किसानको नाममा हुने नाममा तस्करी गर्ने प्रवृत्तिविरुद्ध अझ कडाइ गरिने चेतावनी दिएको छ।
स्थानीय प्रशासनले भने किसानको हकमा मलको सुनिश्चित आपूर्ति गरिने भए पनि तस्करी र कालोबजारी सह्य नहुने स्पष्ट संकेत दिएको छ।