ट्रेन्डिङ

घुस डिल अडिओ प्रकरण : मन्त्री गुप्तालाई आजै हटाउने तयारी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घुस ‘डिल’ प्रकरणको अडिओ सार्वजनिक भएपछि पदमुक्त गर्ने तयारी सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली आजै उनलाई हटाउने तयारीमा रहेको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्रीले अडिओ प्रकरणबारे विस्तृत जानकारी लिँदै गरेको र गुप्तालाई राजीनामा दिन सुझाव दिइने, अन्यथा पदबाट बर्खास्त गरिने तयारी भएको स्रोतको भनाइ छ।

“प्रधानमन्त्रीज्यूले मन्त्रीबाट ब्रिफिङ लिनेछन्। अडिओमा संलग्न अन्य व्यक्तिहरूका नामसमेत आइरहेका छन्। गुप्तालाई मार्ग प्रशस्त गर्न राजीनामा दिन भनिनेछ, नभए बर्खास्त गरिनेछ,” स्रोतले नेपाल प्रेससँग भन्यो।

निष्पक्ष छानबिनको तयारी

घटना सार्वजनिक भएपछि अडिओको सत्यता पुष्टि गर्न फरेन्सिक परीक्षणका लागि सम्बन्धित ल्याबमा पठाइएको छ। यस्तै, गुप्तालाई पदमुक्त गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका नियामक निकायहरूलाई निष्पक्ष छानबिनका लागि पत्राचार गरिने तयारी भएको छ।

केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवाका विषयमा भएको भनिएको डिलको अडिओ सार्वजनिक भएको थियो। अडिओमा मन्त्री गुप्तासँग बिचौलिया मिलेर लाखौँको घुसको कुराकानी भएको सुनिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै