ट्रेन्डिङ

पहिरोमा पुरिएका २७ जनाको शव निकालियो

काठमाण्डौँ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ। नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नागढुङ्गा भन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेको छ।

पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको शव निकालिएको हो ‌ ।

पहिरोले तीनवटा जति बस पूर्णरुपमा पुरेको अनुमान गरिएको छ। डोजर स्काभेटर लगायतका उपकरणहरू प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ। माथिबाट ठुलो पहिरो खसेको देखिन्छ र पहिरोले छ सातवटा सवारी साधनमा क्षति पुर्‍याएको छ।

बस पुरिएको भगनावेश हटाउन र मृतकहरूको थप उद्धार गर्नका लागि सुरक्षाकर्मीहरू यहाँ परिचालन गरिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै