ट्रेन्डिङ

मधेश प्रदेशसभामा विपक्षदलको निरन्तर अवरोध, बैठक स्थगित, भोलि १ बजे बस्ने

जनकपुरधाम । मधेश प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरुले प्रस्तावित बजेटमाथि असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्।

सभामुखले भोलि दिउँसो १ बजे अर्को बैठक बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।

सभामुखको आसन अगाडि उभिएर आफ्नो धारणा राख्दै एक प्रतिपक्षी सांसदले वर्तमान बजेटलाई असमान र बिचौलियाको प्रभावमा तयार पारिएको आरोप लगाए। उनले प्रतिपक्षी दल कुनै पनि हालतमा यस्तो बजेटको साक्षी नबस्ने स्पष्ट पारे। उनले लोकतन्त्रको मन्दिरमा यसरी बजेटमाथि असन्तुष्टि हुँदा पनि सत्तारुढ दलका सांसदहरूको उपस्थिति न्यून हुनुले बजेटमाथि व्यापक असन्तुष्टि रहेको प्रमाणित हुने तर्क गरे।

प्रतिपक्षी सांसदले आफ्ना मागहरु पूरा नभएसम्म सदनको अवरोध जारी राख्ने चेतावनी दिए। प्रतिपक्षीको विरोधपछि सभामुखले आजको बैठक स्थगित गरी भोलि दिउँसो १ बजे अर्को बैठक बस्ने घोषणा गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै