ट्रेन्डिङ

रुपन्देही–३ उपनिर्वाचनमा नाउपालाई समर्थन गर्ने मधेश केन्द्रित ७ दलको निर्णय

वीरगन्ज । मधेश केन्द्रित सात दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा साझा उम्मेदवारका रुपमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सघाउने निर्णय गरेको छ।

आज काठमाडोँको शंखमूलमा बसेको मोर्चाको केन्द्रीय मूल समितिको बैठकले सर्वसम्मतिले यो निर्णय गरेको हो। संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा रुपन्देहीको उपनिर्वाचनसँगै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो।

मोर्चाको बैठकका एजेन्डाहरूमा संघीयताको मर्मअनुरूप प्रादेशिक राजनीतिक दलको आवश्यकता र सोको लागि कानुनी व्यवस्था, निजामती सेवा ऐनमा गरिएको त्रुटि, संवैधानिक नियुक्तिसम्बन्धी सर्वोच्च अदालतको फैसला, मोर्चाको प्रतिबद्धता पत्र र लेटरप्याड छपाइ तथा थप कार्यक्रमहरूबारे विमर्श भएको मोर्चा नेता केशव झाले जानकारी दिए ।

यस निर्णयसँगै रुपन्देही–३ को उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई मधेसकेन्द्रित दलहरूको बलियो समर्थन प्राप्त हुने भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै