ट्रेन्डिङ

स्वर्गीय पत्रकार पाण्डेको स्मृतिमा पत्रकारिता पुरस्कारको स्थापना, प्रत्येक वर्ष एकजनालाई २५ हजार दिइने

वीरगन्ज । स्वर्गीय पत्रकार सुदर्शनराज पाण्डेको स्मृतिमा पत्रकारिता पुरस्कारको स्थापना गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठकले स्वर्गीय पत्रकार पाण्डेको स्मृतिमा पत्रकारिता पुरस्कारको स्थापना गरेको हो । महासंघको बैठकले पाण्डे स्मृति पत्रकारिता पुरस्कार स्थापना गरिएको पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनालले जनाए । महासंघको कार्यसमिति बैठकले २५ हजार राशीको पुरस्कार स्थापना गरेको जनाइएको छ ।

स्वर्गीय पाण्डेको पहिलो वार्षिक स्मृतिमा आगमी भदौ २७ गते सो पुरस्कार वितरण गरिने महासंघका सचिव विजयकुमार महतोले बताए । पुरस्कारको कार्यविधि बनाउन शाखा अध्यक्ष खनालको संयोजकत्वमा उपाध्यक्ष निलिमा पौडेल र सचिव महतोलाई जिम्मेवारी दिइएको छ ।

‘वीरगन्जलाई आधार बनाएर पत्रकारिता गर्नुभएका पाण्डे जनपक्षीय पत्रकारितामा प्रेरणाका स्रोत हुनुहुन्थ्यो, उत्थान साप्ताहिकका सम्पादक रहनुभएका पाण्डेको सालिन व्यक्तित्वजस्तै उहाको पत्रकारिता इमान, निष्पक्षता, समाजमा पिछिडिएको वर्गको आवाजको पर्यायको रुपमा स्थापित छ,’ सचिव महतोले भने ।

यही योगदानलाई कदर गर्दै पर्सा शाखाले स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको महासंघले जानकारी दिएको छ । स्वर्गीय पत्रकार पाण्डेको स्मृति दिवसमा प्रत्येक वर्ष एकजना पत्रकारलाई सो पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै