ट्रेन्डिङ

पत्रकारमाथि दुर्व्यवहार गर्ने ठाकुरलाई कारवाही नगरे कडा कदम चाल्ने प्रेस सेन्टर पर्साको चेतावनी

वीरगन्ज । स्वास्थ्य कार्यालय पर्साका एक अधिकृतले पत्रकारहरूमाथि दुर्व्यवहार गरेको घटनाप्रति प्रेस सेन्टर पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस सेन्टर पर्साले दोषीमाथि तत्काल कारबाही नभए कडा संघर्ष गर्ने चेतावनी दिएको छ।

प्रेस सेन्टर पर्साद्वारा जारी विज्ञप्तिअनुसार, हिजो स्वास्थ्य कार्यालय पर्साले सञ्चालन गरेको एक तालिम कार्यक्रममा पुगेका प्रेस सेन्टर पर्सा शाखाका कार्य समिति सदस्य सन्तोषकुमार कुशवाहा लगायत पत्रकारहरू आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी, आनन्दकुमार पटेललाई स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अपशब्द प्रयोग गर्दै गालीगलौज र दुर्व्यवहार गरेका थिए।

प्रेस सेन्टर पर्साले यो घटनालाई आपत्तिजनक भन्दै दुर्व्यवहार गर्ने स्वास्थ्य अधिकृतलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी प्रशासनका जिल्लास्थित उच्च अधिकारीले पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही बढाउनेतर्फ भरपर्दो परिणाम देखाउन नसक्दा प्रहरी प्रशासनको भूमिकाप्रति सन्देह उत्पन्न भएको छ।’

प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले जारी गरेको विज्ञप्तीमा यदि स्वास्थ्य अधिकृत ठाकुरलाई तत्काल कानुनी कारबाहीको दायरामा नल्याइएमा कडा संघर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै