ट्रेन्डिङ

रक्तसन्चार केन्द्र वीरगन्जको अपिल – हामीसँग रगत अभाव छ, कार्यक्रम आयोजना गराउनुहोस्

वीरगन्ज । रक्तसन्चार केन्द्र वीगन्जमा रगत अभाव भएको छ ।

केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै यसबारे बताएको हो । बढ्दो गर्मीका कारण विभिन्न संघ सस्थांहरुले आयोजना गर्ने रगतदानका कार्यक्रमहरुमा कमि आँउदा केन्द्रमा रगत अभाव भएको बताईन्छ ।

रगत अभावका कारण घातक रोगबाट संक्रमित बिरामीहरुलाई रगतपूर्ती गर्न नसकिएको मन्त्री बिनोद गिरीले बताए । उनले रक्तदान कार्यक्रम तथा शिविर आयोजना गर्न विभिन्न संघ संस्थाहरु, नागरिक समाजसमक्ष आग्रह गरेका छन् ।

साथै ३ महिना अघि रगतदान गरेका रक्तदाताहरुलाई नेपाल रेडक्रस सोसाइटी रक्तसन्चार केन्द्र वीरगन्जमा गई पुन रगतदान गर्न उनको अनुरोध छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै