ट्रेन्डिङ

‘पूर्णबहादुरको सारङ्गीले रच्यो इतिहासः नेपाली सिनेमाको सर्वाधिक कमाइ गर्ने २५ फिल्म सार्वजनिक

वीरगन्ज । हालै, चलचित्र विकास बोर्डले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा विगत ६० वर्षमा सर्वाधिक कमाइ गर्ने २५ नेपाली फिल्मको सूची सार्वजनिक गरेको छ।

नेपाली चलचित्र उद्योगले ६ दशक लामो यात्रा तय गरिरहँदा, बक्स अफिसमा सर्वाधिक सफल फिल्महरू कुन हुन् भन्ने चासो बढ्दै गएको थियो। हालै प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ले कमाइको नयाँ कीर्तिमान बनाएपछि यो उत्सुकता झनै बढेको छ। यही सन्दर्भमा, चलचित्र विकास बोर्डले आफ्नो २५औँ वार्षिकोत्सवको उपलक्ष्यमा नेपाली सिनेमाका इतिहासमा सर्वाधिक कमाइ गर्ने २५ फिल्मको सूची सार्वजनिक गरेको छ।

‘आमा’ बाट सुरु भएको नेपाली सिनेमाको यात्रामा थुप्रै फिल्महरू थपिएका छन्, तर कमाइको हिसाबले ‘पूर्णबहादुरको सारङ्गी’ यस सूचीको अग्रपंक्तिमा रहेको छ। सरोज पौडेल निर्देशित यस फिल्मले १७ लाख टिकट बिक्री गर्दै ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँ भन्दा बढी आम्दानी गरी नयाँ कीर्तिमान बनाएको छ।

सर्वाधिक कमाइ गर्ने २५ नेपाली फिल्महरू : 

पूर्णबहादुरको सारङ्गी : ४६ करोड ८७ लाख ४१ हजार

कवड्डी–४ : २१ करोड ४० लाख

१२ गाउँ : १९ करोड ९२ लाख

छक्का पञ्जा ४ : १७ करो ५३ लाख

जारी : १७ करोड ४७ लाखं

छक्का पञ्जा १ : १६ करोड १० लाख

महाजात्रा : १५ करोड ६७ लाख

छक्का पञ्जा ५ : १५ करोड २० लाख

कोहिनुर : १४ करोड ७५ लाख

छक्का पञ्जा २ : १४ करोड ५१ लाख

शत्रु गते : १२ करोड ६५ लाख

ऊनको स्वीटर : १० करोड ६२ लाख

कवड्डी–२ : १० करोड ३५ लाख

बोक्सीको घर : १० करोड १० लाख

छ माया छपक्कै : ९ करोड ९२ लाख

दिमाग खराब : ८ करोड ९८ लाख

अन्जिला : ८ करोड ८३ लाख

परदेशी २ : ७ करोड ९२ लाख

छक्का पञ्जा ३ : ७ करोड ८३ लाख

प्रेमगीत–३ : ७ करोड ६३ लाख

कबड्डी-कबड्डी-कबड्डी : ७ करोड ५९ लाख

पुजार सार्की : ७ करोड ३८ लाख

महापुरुष : ७ करोड ३५ लाख

कवड्डी : ७ करोड ३४ लाख

पशुपतिप्रसाद–२ : ७ करोड ३२ लाख

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै