ट्रेन्डिङ

सुनसरीमा १३२ बोरा अवैध चिनीसहित ट्याक्टर नियन्त्रणमा

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–७ भलुवास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा अवैध चिनीसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले असार १५ गते राति करिब ४ लाख २० हजार ४२० रुपैयाँ मूल्य बराबरको १३२ बोरा चिनी बरामद गरेको हो।

सशस्त्र प्रहरी सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको को २ त ५२७९ नम्बरको ट्याक्टरमा उक्त चिनी लोड गरिएको थियो। प्रहरीले ट्याक्टर नियन्त्रणमा लिए पनि चालक भने फरार भएका छन्।

बरामद चिनी र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाइएको छ। बरामद चिनीको मूल्य ४ लाख २० हजार ४२० रुपैयाँ र ट्याक्टरको १६ लाख रुपैयाँ गरी कुल भन्सार दाखिला मूल्य २० लाख २० हजार ४२० रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै