ट्रेन्डिङ

बाराबाट एकैदिनमा १३ जना फरार प्रतिवादी पक्राउ

वीरगन्ज । बारा प्रहरीले १३ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लुकिछिपी बस्दै गरेको अवस्थामा जिल्लाको फरकफरक स्थानबाट उनीहरुलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले शनिबार एकैदिनमा यी सङख्याका प्रतिवादी पक्राउ गरेको डिएसपी बिजयराज पण्डितले बताए ।

पक्राउ परेका प्रतिवादीहरु कर्तव्य ज्यान, जुगुवा ठगी, अभद्र व्यवहार, सरकारी कागज किर्ते, गाँजा खेती बैंकिङ कसूर , अप्राकृतिक मैथुन, ठगी तथा सवारी ज्यान मुद्दाका छन् ।

पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै