फाइल तस्बीर
वीरगन्ज । वीरगन्जको मुख्य सडक विस्तार (चौडा गर्ने) माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएको वीरगन्ज विकास युवा संघर्ष समितिले आज दोस्रो दिनको हस्ताक्षर अभियान जारी राखेको छ ।
वीरगन्जको घण्टाघरमा आयोजित विरोध कार्यक्रममा विकासप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
समितिले सडक विस्तारको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। सोही क्रममा भोलि बिहान ८ बजे घण्टाघरमै तेस्रो दिनको हस्ताक्षर अभियान आयोजना हुने भएको छ।
समितिले वीरगन्जका सम्पूर्ण विकासप्रेमीहरूलाई भोलिको कार्यक्रममा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ। वीरगन्जको शहरी विकास र यातायात व्यवस्थापनका लागि मुख्य सडक विस्तार अपरिहार्य रहेको भन्दै समितिले यसका लागि जनसहभागिताको महत्वमा जोड दिएको छ।