ट्रेन्डिङ

सप्तरीपछि सिरहामा पनि दलित युवकको शव शंकास्पद अवस्थामा फेला

सिरहा । सप्तरीमा दलित समुदायका एक युवकको विभत्स हत्या भएको घटनाको २४ घण्टा नबित्दै सिरहामा फेरि एक दलित युवकको शव शंकास्पद अवस्थामा फेला परेको छ।

सिरहा जिल्लाको अर्नमा गाउँपालिका–१, बुदियाचापमा ३५ वर्षीय अजय महरा आज बिहान आफ्नै घर नजिकैको खेतमा मृत अवस्थामा भेटिएका हुन । उनी रामसेवक महराका छोरा हुन ।

पारिवारिक स्रोतका अनुसार अजय बिहानैदेखि घरमा नभेटिएपछि परिवारजनले खोजी गर्दै जाँदा खेतमा उनको शव फेला पारेका हुन ।

घटनास्थलको अवस्था र शवको प्रकृतिले हत्या भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ भने अनुसन्धान प्रक्रिया प्रारम्भिक चरणमा रहेको छ। यद्यपि हालसम्म घटनासम्बन्धी ठोस विवरण सार्वजनिक गरिएको छैन।

शवलाई पोस्टमार्टमका लागि पठाइएको र विस्तृत विवरण रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। यसअघि, सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको पनि विभत्स हत्या भएको थियो। उनको घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो।

खंगको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका निवासी २१ वर्षीया तुलसीदेवी सरदारलाई सुनसरीको इनरुवा नगरपालिकाको बबियाबाट पक्राउ गरेको छ ।

सरदारलाई बिहीबार राति पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएको प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै