वीरगन्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय शुक्रबार सार्वजनिक भएको हो।
यो निर्णय पार्टीले संघीय सरकारमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै आएको हो। संघीय स्तरको सोही निर्णयअनुसार जसपा नेपालले अब प्रदेशहरूबाट पनि समर्थन फिर्ता लिन सुरु गरेको देखिन्छ।
जसपा नेपालले यसअघि संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुँदै पछि एमालेसँग सहकार्य गरेको थियो। तर, पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद र राजनीतिक समीकरणमा आएको परिवर्तनका कारण जसपा नेपालले संघीय सरकारबाट पनि समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सोही निर्णयको कार्यान्वयन स्वरूप लुम्बिनी प्रदेशमा पनि समर्थन फिर्ता लिइएको हो।