ट्रेन्डिङ

देशभर मनसुनी वायुको प्रभाव, आज कुनकुन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावस्वरूप कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भूभागहरूमा सामान्य बदली छ भने बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

त्यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको पनि सम्भावना रहेको जनाइएको छ।

कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले बताएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी प्रदेश लगायत पहाडी क्षेत्रका केही स्थान र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

ती क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपातको जोखिम पनि रहेको छ।

भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गगन बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै