ट्रेन्डिङ

रौतहटमा सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित बिनुवा टोलमा सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ।

मृत्यु हुनेमा स्थानीय जगदीश साहकी १ वर्षीया छोरी खुश्बु साह र गम्भीरा साहका १ वर्षीय छोरा रञ्जे साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार सोमबार साँझ पौने ८ बजेतिर खेल्ने क्रममा ती बालबालिका प्लाइले मात्र छोपिएको शोचालयको सेफ्टी ट्याङ्कीमा खस्दा डुबेका थिए।

डुबेको थाहा पाउने वित्तिकै परिवारजन र स्थानीयले तत्काल उद्धार गरी बालबालिकालाई चन्द्रनिगाहपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याए पनि चिकित्सकले दुवै जनालाई मृत घोषित गरेका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।

हाल दुवै बालबालिकाको शव सोही स्वास्थ्य केन्द्रमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै