ट्रेन्डिङ

पर्सामा मोटसाइकल चोरीको आरोपमा एक जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले चोरीको मोटसाइकलसहित एक जना चोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट फतुवाबिजयपुर-८ घर भई हाल बाराको बारागढी गाउँपालिका-८ बस्ने २७ वर्षका छोटेलाल सहनी छन् ।

पक्राउ परेकामाथि चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनायो ।

कसरी गरेका थिए चोरी ?

यहि असार ७ गते साँझ ५ बजे सहनीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ रानीघाट बस्ने स्थित शंकर प्रसाद तेलीको एनएस मोसाईकल चोरे ।

तेलीले घर अगाडी सार्वजनिक ढलान सडकमा पार्किङ गरि राखिएको मधेश प्रदेश -०३-०३६ प ८५१७ नम्बरको २०० सिसीको एनएस मोटसाइकलको ‘लक’ तोडेर चोरेका प्रहरी बताउँछ ।

यद्यपी उनको यो कार्यले सफलताले भने पाएन । अर्थात् चोरी गरी मोटसाइकल डोर्याउदैँ लगेको अवस्थामा अन्दाजी ४० मिटर अगाडीबाटै फेला पार्यो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै