वीरगन्ज । पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एकजना साइकल यात्रीलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले स्रोत नखुलेको रकमसहित एकजना भारतीयलाई पक्राउ गरेको हो । प्रहरीको टोलीले भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर–१७ बस्ने प्रभु साहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
पक्राउ परेको साहको साथबाट प्रहरीले ३ लाख ४६ हजार रुपैयाँ स्रोत नखुलेको बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार उनको साथ एक हजार दरको ३४४ थान र सयका २० थान गरी कुल ३ लाख ४६ हजार स्रोत नखुलेको रकम बरामद भएको छ ।
पक्राउ परेका साहमाथि प्रहरीले हुण्डी सम्बन्धी कारोबार गर्न नहुने मुद्दामा अदालतबाट तीन दिनको म्याद थप गरेको छ ।