ट्रेन्डिङ

सांसद अमरेश सिंहको ‘७२ जिल्ला लिजमा दिने’ विवादास्पद भनाइले संसदमा हंगामा

वीरगन्ज । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहको एक आपत्तिजनक अभिव्यक्तिले संसदमा चर्को हंगामा मच्चाएको छ।

बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा सिंहले नेपालका केही सीमित जिल्लामा मात्र बजेट विनियोजन भएको भन्दै बाँकी ७२ जिल्ला चीन, अमेरिका वा भारतलाई लिजमा दिनुपर्ने विवादास्पद प्रस्ताव राखेका थिए।

‘बजेट नै नजाने जिल्ला नेपालमा किन राख्ने ?’ भन्दै सिंहले दिएको यो अभिव्यक्तिले संसद भवनभित्र हलचल पैदा गर्‍यो।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सिंहको उक्त भनाइमा तत्काल नियमापत्ति जनाए। उनले सिंहको भनाइलाई ‘राष्ट्रघाती अभिव्यक्ति’को संज्ञा दिँदै कारबाहीको माग गरे। ‘देशलाई अन्यत्र गाभौं भन्ने देशद्रोही अभिव्यक्ति हो यो,’ बर्तौलाले भने, ‘सार्वभौमिकता र अखण्डताविरोधी भनाइ राख्नेलाई कारबाही गर्नुपर्छ। विगतमा पनि उहाँको अभिव्यक्ति राम्रो छैन। हामी राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सक्दैनौं। कारबाहीको विषय बनाइयोस्।’

सत्ताधारी सांसदहरूले सिंहमाथि कारबाहीको माग गर्दै चर्को विरोध जनाएपछि सभामुखले उक्त भनाइलाई संसदीय रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै