ट्रेन्डिङ

कुलेखानीको बाँधदेखि मधेशका रौतहट तथा सर्लाहीमा बाढी आउन सक्ने

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थत कुलेखानी जलविद्युत केन्द्रको बाँधमा पानीको सतह बढ्दै गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शुक्रबार) सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।

प्राधिकरणले जलविद्युत केन्द्रको बाँधको सुरक्षालाई मध्यनजर गरी ढोकाहरू खोल्नुपर्ने अवस्था आउन सक्ने समेत बताएको छ ।

कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका रौतहट र सर्लाहीका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘तसर्थ, कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्नुहुन अनुरोध गरिन्छ । साथै, सम्बन्धित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरूप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध छ ।’

लगातारको वर्षाले कुलेखानीमा हालप्रति ३ घण्टामा १ मिटर पानी भरिँदै गएको जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै