ट्रेन्डिङ

सिमराका सहनी २२ किलो गाँजासहित पक्राउ

वीरगन्ज । बारा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले २२ किलो लागु औषध गाँजासहित एकजनालाइ नियन्त्रणमा लिएको हो ।

प्रहरीको टोलीले टोलीले जीतपुर सिमरा उपमहानगरपालिका ८ लोसण्डा बस्ने वर्ष ४५ को रामपुकार सहनीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा र सिमराको संयुक्त टोलीले सहनीलाई पक्राउ गरेको बारा प्रहरीका प्रवक्ता विजयराज पण्डितले बताए ।

जीतपुर सिमरा उपमहानगरपालिका– ८ ईम्लिप्रति स्थितबाट २ वटा बोरामा लैजादै गरेको अवस्थामा संयुक्त टोलीले मंगलवार साँझ सहनीलाई नियन्त्रणमा लिएको थियो ।

लागु औषध गाँजासहित सहनीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै