ट्रेन्डिङ

परराष्ट्रमन्त्री राणाको गाली बेइज्जती मुद्दा : अदालतले माग्यो सांसद अमरेश सिंहको अडियो–भिडियो प्रमाण

वरिगन्ज । परराष्ट्रमन्त्री डा. आरजु राणाले दायर गरेको गाली बेइज्जतीको मुद्दामा जिल्ला अदालत काठमाडौंले सांसद डा. अमरेशकुमार सिंहले गाली बेइज्जती गरेको भनिएको अडियो–भिडियो प्रमाण मगाउने आदेश दिएको छ।

जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको एकल इजलासले सोमबार यो महत्त्वपूर्ण आदेश जारी गरेको हो। डा. राणाले गत फागुनमा सांसद सिंहविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेकी थिइन्। यसअघि अदालतले सिंहलाई उक्त अडियो र भिडियो एकपटक सुनेर स्पष्टीकरण पेस गर्न आदेश दिएको थियो, जसअनुसार सिंहले आफ्नो स्पष्टीकरण अदालतमा बुझाइसकेका छन्।

सिंहको स्पष्टीकरण पेस भएपछि न्यायाधीश वाग्लेको इजलासले सोमबार उक्त अडियोभिडियो प्रमाण अदालतमा पेस गर्न र त्यसलाई सुनेर थप निर्णय गर्ने आदेश दिएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै